Section 53
कोषको ऋण लगानीको सुरक्षा
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि कोषले कर्जा लगानी गरेको कुनै संगठित संस्था विघटन भएमा त्यस्तो संगठित संस्थाको जायजेथामा सो सङ्गठित संस्थाको धितो लिने अन्य साह सरह कोषको समान अधिकार रहनेछ ।